राजनीति
दिल्ली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा नभएकोमा ओलीको आपत्ति
२०७८ चैत २० गते १८:२८

२० चैत २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेखित नेपालको नक्सा भारतस्थित नेपाली दूतावासमा नभएको भन्दै आपत्ति जनाउनु भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएकै बेला त्यहाँको नेपाली दूतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभई बुच्चे नक्सा भएको भन्दै आपत्ति जनाउनु भयो ।
नेपाल बुद्धिजीवि परिषद्को १० औं राष्ट्रिय अधिवेशनमा उहाँले देशको नक्सानै गायब बनाउनु सबैभन्दा लाजको विषय भएको बताउनुभयो ।
ओलीले आफ्नै पार्टीको सरकार हटाएर कांग्रेसको पछिपछि लागेको भन्दै प्रचण्ड र माधवकुमार नेपालहरुलाई कटाक्ष पनि गर्नुभयो । ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्र समेत ध्वस्त बनाएको आरोप लगाउनुभयो ।
प्रतिक्रिया