राजनीति

ओलीमाथि मन्त्री झाँक्रीको यस्तो आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १९ गते १८:१७
ओलीमाथि मन्त्री झाँक्रीको यस्तो आरोप (भिडियो रिपोर्टसहित)

१९ चैत २०७८ धनकुटा । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको लोभले मात्र नागरिक तथा सुरक्षित आवास कार्यक्रम ल्याएको आरोप लगाउनु भएको छ ।

धनकुटामा संचारकर्मीसँग मन्त्री झाँक्रीले फुसको छानो हटाएर टिनको छानो दिने कार्यक्रममा पनि कमिसनको खेल रहेको बताउनुभयो ।

उहाँले अहिले सञ्चालनमा रहेका योजना सम्पन्न गरेपछि यी कार्यक्रमलाई विस्थापित गर्दै फरक र उपयोगी कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

प्रदेश १ को झापा, मोरङ, सुनसरी एवं मधेस प्रदेशका सिरहा सप्तरीमा सुरक्षित आवासका नाममा करोडौँ बजेट विनियोजन गरिए पनि काम नभएको मन्त्री झाँक्रीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्