चैतभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने खानेपानी मन्त्रीको दाबी (भिडियो रिपोर्टसहित)
१९ चैत २०७८ काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने दाबी गर्नुभएको छ ।
मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताउनुभयो ।
उहाँले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनका लागि तिव्र गतिमा कार्ययोजना अनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
हेल्मबु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने हेल्मबु गाउँपालिकाको पनि दायित्व रहेको बताउनुभयो ।
त्यस्तै, मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन ईन्जिनियर पदमबहादुर कुँवरले महानबाट टनेल सफा गर्न १७ नम्बर गेट खुल्ला गरेर काम अगाडि बढाएको बताउनु भयो । उहाँले अहिले मेलम्ची खानेपानीको मुहानको बाहिर काम सकिएको बताउनु भयो ।
मेलम्चीमा गत असार १ गते आएको बाढीका कारण लेदो सुरुङभित्र पसेको थिया । सुरुङमा पसेको लेदो हटाउन अझै दुई–तीन दिन लाग्ने भएको छ ।
प्रतिक्रिया