Main News

राष्ट्रिय संकल्प पूरा गरौं : राष्ट्रपति भण्डारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १९ गते १८:०७
राष्ट्रिय संकल्प पूरा गरौं : राष्ट्रपति भण्डारी (भिडियो रिपोर्टसहित)

१९ चैत २०७८ काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपालस् सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु पर्ने बताउनुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित हिमालयन हाईड्रो एक्स्पोको उद्घाटनमा राष्ट्रपति भण्डारीले आफ्नै देशको विजुलीले माग धान्ने अवस्थामा पुग्नु पर्ने बताउनुभयो ।

उहाँले अहिले पनि धेरै नेपालीले विजुली बाल्न नपाएको र उद्योगहरुले पनि माग अनुसार विजुली प्राप्त गर्न नसकेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले साना र मझौंला जलविद्युत आयोजनामा लगानी गरेर उज्यालो गाउँ बनाउने अभियानलाई तीव्रता दिन पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले ठूलो जलविद्युत आयोजना सम्पन्न गर्न समय लाग्ने भएकाले त्यसले तत्काल ऊर्जा आपूर्ति हुन नसक्ने पनि दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *