यसरी उद्घाटन गरियो जनकपुर–जयनगर रेल सेवा

१९ चैत २०७८ काठमाडौं । जनकपुर–जयनगर खण्डमा चल्ने रेलको आज उद्घाटन भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट आज रेल उद्घाटन गर्नु भएको हो ।
दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा रहेको हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर रेलको उद्घाटन गर्नु भयो । उद्घाटन पछि भोलिदेखि रेल नियमित रुपमा चलाउने नेपाल रेलवे कम्पनीले जनाएको छ ।
रेल दैनिक दुई पटक जयनगरबाट गुड्ने कम्पनीले जनाएको छ। एक पटकमा एउटा रेलमा १३ सय ५० यात्रुले यात्रा गर्न सक्ने छन्।
कुर्थादेखि जयनगर सम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि समान्य सिटका लागि ९० र एसीतर्फ तीन सय ७० रुपैयाँ तोकिएको छ ।
रेल धनुषाको कुर्था स्टेशनदेखि जनकपुरधाम हुँदै भारत विहारको जयनगर सम्म चल्नेछ । लामो समयसम्म रेल पालले छोपेर राखिएकोमा गत फागुन १ गतेदेखि ‘ड्राई रन’ अर्थात यात्रु नराखी चलाउन थालिएको थियो ।
प्रतिक्रिया