देउवाको भारत भ्रमणप्रति एमाले अध्यक्ष ओलीले उठाए प्रश्न (भिडियो रिपोर्टसहित)

१८ चैत २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावको मुखैमा भारत भ्रमणमा किन गएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले यतिसमय नगएर ठ्याक्कै चुनाव अगाडि किन जानु भयो भनेर आशंकासमेत व्यक्त गर्नु भयो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज काठमाडौंमा आयोजना गरेको चुनाव केन्द्रित भेलामा बोल्दै उहाँले प्रधानमन्त्री आउनेबित्तिकै यतिबेरै किन भारत भ्रमणमा जानु भो भनेर आफूले प्रश्न सोध्ने पनि बताउनु भयो ।
त्यस अवसरमा ओलीले आगामी निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धनको चिन्ता नलिन पनि विद्यार्थी नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । पाँच दलीय गठबन्धन केजीेको ढक भएको र आफ्नो पार्टी क्वीन्टलको ढक भएकाले चुनावमा चिन्ता लिनुनपर्ने उहाँको तर्क थियो ।
अध्यक्ष ओलीले एमाले जितुवा बानी परेको पार्टी भएको उल्लेख गर्दै यसले अव हार व्यहोर्नु नपर्ने जिकीर गर्नु भयो । माधव नेपालको पालामा जस्तो हार्ने बानी एमालेमा नभएको ओलीले दावी गर्नु भयो । देश बनाउनका लागि चाहिने भएकाले पनि एमालेलाई विजय गराउने गरी निर्वाचनमा जुटन पनि उहाँले पार्टीका युवा, विद्यार्थीहरुलाई निर्देशन दिनु भयो । ओलीले प्रचण्ड, माधवहरुलाई पछि पलाएको ऐँजेरुको संज्ञा दिनु भयो ।
अध्यक्ष ओलीले माधव नेपालप्रति संकेत गर्दै हुँदै नभएको राजासँग मिल्छ भनेर बुद्धि नभएकाहरुले आफूलाई आरोप लगाएको बताउनु भयो । उहाँले राजाको पाउँमा दाम चढाएर माधव नेपालले ढोकेको आफूले सम्झना मात्रै गराउन चाहेको उल्लेख गर्दै आफू भने कुनै पनि शासकको पाउँमा नपर्ने पटकपटक दोहो¥याउनु भयो ।
ओलीले काँग्रेसले भारतीय सेना भित्र्याएर देशभक्त नेपालीहरुको टाउको कटाएको आरोपसमेत लगाउनु भयो । तत्कालीन काँग्रेस सरकारले भिमदत्त पन्तको भारतीय सेना लगाएर टाउको कटाएर हत्या गरेको उहाँले दावी गर्नु भयो ।
काँग्रेसले अतितमा गरेको त्यस्तो नराम्रो कुरा भन्न आफूलाई अप्ठ्यारो लाग्ने गरेपनि सत्य त्यही भएको ओलीको भनाई थियो । ओलीले काँग्रेसले जहिले पनि थोत्रा र पुत्रहरुसँग मात्रै मिल्ने गरेको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘काँग्रेसले जहिले पनि थोत्रा र पत्रुहरुसँग मात्रै एकता गर्छ । विग्रेका, सडेका, विकाउमाल घाँटी जोडने काँग्रेसको जात नै हो ।’
ओलीले काँग्रेसले जहिलेपनि लोकतन्त्र विरोधी शक्तिहरुसँग सहकार्य गर्ने गरेको पनि बताउनु भयो ।
प्रतिक्रिया