समाज

पहिलोपटक गाडी पुग्लाको यस्तो खुसियाली (भिडियो रिपोर्टसहित)

२०७८ चैत १८ गते १८:३४
पहिलोपटक गाडी पुग्लाको यस्तो खुसियाली (भिडियो रिपोर्टसहित)

१८ चैत २०७८ मुगु । मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ राराको विकट गाउँमा पहिलो पटक गाडी पुगेको छ । यस गाउँका लागि यो अवसर कुनै उत्सवभन्दा कम रहेन ।

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाको शोभा गाउँ हो । यहाँ आज रौनक र खुसियालीको माहोल छ । स्थानीय महिला आफ्नो भेषभूषामा सजिएर नाचगान गरिरहेका छन् भने पुरुषहरु बाजा बजाउँदै गाउँ परिक्रमा गरिरहेका छन् ।

यो गाउँमा रौनक छाउनुको कारण हो पहिलो पटक गाडी पुग्नु । शोभा गाउँका बासिन्दाले पहिलो पटक आफ्नै ठाउँमा गाडी गुडेको देखे । यस अवसरलाई उनीहरुले उत्सवको रुपमा मनाए ।

यो गाउँमा सदरमुकाम गमगढीबाट ५ घण्टाको पैदल यात्रामा पुगिन्छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा लुम्स शोभा ग्रामिण सडकको ७ किलोमिटर सडक खुलाउन करिब १ करोड ५३ लाख रुपैयाँ खर्च भएको छ ।
गाडी पुगेपछि यहाँका महिला सुत्केरी ब्यथा लागेपछि सहजै अस्पताल जान पाइन्छ भनेर खुसी भए ।

गाडी पुगेपछि यहाँ कृषकहरु आफ्नो कृषि उपज बजारमा पठाउन सहज हुने आशामा छन् ।

छायाँनाथ रारा नगरपालिकाभित्र ८७ बस्ती छन् । तीमध्ये ८२ बस्तीमा सडक पुगेको छ । सडक र यातायातको सुविधाले यँहाका स्थानियलाई स्वास्थ्य साथै बजारको पहुँचमा पुर्‍याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *