Main News
विद्यार्थीले बनाए रकेट रोबोट (भिडियो रिपोर्टसहित)
२०७८ चैत १८ गते १८:२८

१८ चैत २०७८ काठमाडौं । काठमाडौं मोडल सेकेन्डरी स्कूलले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि दुई दिने एक्स्पो आयोजना गरेको छ ।
बागबजारमा जारी एक्स्पोमा उपत्यकाभित्रका ९ वटा विद्यालयका विद्यार्थी सहभागी छन् । विद्यार्थीको व्यवहारिक क्षमता प्रस्तुत गर्ने अवसरका रुपमा एक्स्पो आयोजना गरिएको आयोजक काठमाडौं मोडल सेकेन्डरी स्कूलले जनाएको छ ।
भोलिसम्म चल्ने एक्स्पोमा विद्यार्थीले बनाएका रकेट रोबोट, ह्ययाचरी मेसिनलगायत प्रदर्शनमा राखिएको छ ।
प्रतिक्रिया