Main News

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो बनाउँछः प्रवक्ता कार्की (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १८ गते १८:२३
प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो बनाउँछः प्रवक्ता कार्की (भिडियो रिपोर्टसहित)

१८ चैत २०७८ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो बनाउने बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई बलियो बनाएर मुलुकको हित गर्ने दाबी गर्नुभयो ।

मन्त्रिपरिषद्को हिजोको बैठकले अरुण ३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी– तिदिम खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले आयोजनाको बहुवर्षिय ठेक्का सम्बन्धी दोस्रो संशोधन मापदण्ड २०७८ स्वीकृत गर्ने, नेपाल–कम्बोडिया टिफा काउन्सिलको प्रथम बैठक भर्चुअल माध्यमबाट आयोजना गर्न स्वीकृत दिने र उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ सुपारी, केराउ र मरीचलाई व्यवस्थित गर्ने सम्बन्धी पहिलो संशोधन कार्यविधि २०७८ स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *