Main News
भारतको राजधानी दिल्लीबाटै नेपाल रेल्वेको उद्घाटन हुने (भिडियो रिपोर्टसहित)
२०७८ चैत १८ गते १७:५७

१८ चैत २०७८ काठमाडौं । भारतको राजधानी दिल्लीबाटै नेपाल रेल्वेको उद्घाटन हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले दिल्लीबाटै जनकपुरधाममा रेलको उद्घाटन हुने बताउनुभयो । रेल्वेको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मुख्य एजेण्डा रहेको मन्त्री यादवले जानकारी दिनुभयो ।
दुबै देशका प्रधानमन्त्रीले भोलि स्वीच थिचेपछि रेलले विधिवत यात्रु बोक्न थाल्ने छ ।
फरक प्रसंगमा मन्त्री यादवले अगामी स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन हुने सम्भावना नरहेको बताउँदै स्थानीय परिवेश, परिस्थिति र आवश्यकताको आधारमा मात्रै गठबन्धन हुने बताउनुभयो ।
मन्त्री यादवले निर्वाचन तयारिमा खटिन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
प्रतिक्रिया