Main News

उपसभापति खड्का कांग्रेसको कार्यवाहक सभापति

२०७८ चैत १८ गते १६:५१
उपसभापति खड्का कांग्रेसको कार्यवाहक सभापति

१८ चैत २०७८ काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्नुभएको छ ।

प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *