राजनीति
सबै स्थानीय तहमा चुनाव लड्छौ : अध्यक्ष लिङदेन (भिडियो रिपोर्टसहित)
२०७८ चैत १८ गते १४:०३
१८ चैत २०७८ जनकपुरं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सबै स्थानीय तहमा चुनाव लड्ने गरी तयारी भइरहेको बताउनु भएको छ ।
जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग राप्रपा अध्यक्ष लिङदेनले आवश्यक परे कुनै दलसँग गठबन्धन हुन सक्ने बताउनुभयो ।
अघिल्लो स्थानीय तह निर्वाचनमा ४० प्रतिशत स्थानमा उम्मेदवारी दिँदा पाँच स्थानमा जितेको बताउँदै जितेका पालिकामा राम्रो काम गरेकाले अब धेरै पालिकामा राप्रपाले जित्ने लिङदेनको दाबी छ ।
अध्यक्ष लिङदेन पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन जनकपुर पुग्नु भएको हो ।
प्रतिक्रिया