राजनीति

लोभी–पापीबीच गठबन्धन हुन गाह्रो हुने एमाले अध्यक्ष ओलीको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १६ गते १६:११
लोभी–पापीबीच गठबन्धन हुन गाह्रो हुने एमाले अध्यक्ष ओलीको दाबी (भिडियो रिपोर्टसहित)

१६ चैत २०७८ भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन लोभी–पापीहरुको भएको भन्दै स्थानीय तह निर्वाचनमा उनीहरुबीच तालमेल हुन सजिलो नभएको टिप्पणी गर्नुभएको छ ।

भक्तपुरमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोभी–पापीहरुलाई गठबन्धन गर्न गाह्रो हुने भएकाले नै निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दुईदिनको समय छुट्याएको आरोप लगाउनुभयो ।

उहाँले यसपल्ट उम्मेदवारी दर्ताका बेला गठबन्धनमा झगडा हुने र कुरा नमिल्ने भएकाले मनोनयन दर्ताको समय गठबन्धनले नै दुई दिन राख्न लगाएको जिकिर गर्नुभयो । आयोग सत्तागठबन्धनसँग प्रभावित भएको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले नेपालमा एमालेसँग प्रतिष्पर्धा गर्ने दल नै नरहेकाले आफूहरुले निर्वाचन जित्ने दावी पनि गर्नुभयो ।

तरकारी बजार उद्घाटन गर्दै उहाँले एमाले क्वीन्टलको ढक भएकाले पाँच वटा दललाई एक किलोको ढकको संज्ञा दिनुभयो । उहाँले एमालेसँग प्रतिष्पर्धा गर्न कुनै पनि पार्टीले नसक्ने दाबीसमेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्