राजनीति
एमाले संसदीय दलले माग्यो लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा (भिडियो रिपोर्टसहित)
२०७८ चैत १६ गते १५:१०
१६ चैत २०७८ बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्कामा मिलेमतो भएको आरोप लगाउँदै एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ ।
एमाले प्रदेश संसदीय दलले पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको राजीनामा र ठेक्का प्रक्रिया रद्द गरेर मात्र नहुने भन्दै मुख्यमन्त्री केसी पनि दोषी भएको हुनसक्ने आरोप लगाउनुभएको छ ।
पत्रकार सम्मेलनमा संसदीय दलका उपनेता बैजनाथ चौधरीले ठेक्का प्रक्रियामा सेटिङ भएको भन्दै प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले मुख्यमन्त्री केसी पनि उत्तिकै जिम्मेवार भएको आरोप लगाउनुभयो ।
उहाँले केसीले राजीनामा गरेर छानबिनमा सहयोग पुर्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया