राजनीति

भरतपुर महानगरपालिकामा माओवादीले दाबी छाड्दैनः प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १६ गते १४:१९
भरतपुर महानगरपालिकामा माओवादीले दाबी छाड्दैनः प्रचण्ड (भिडियो रिपोर्टसहित)

१६ चैत २०७८ चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा पार्टीको दाबी कायमै रहेको बताउनु भएको छ ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले गठबन्धनका दलबीच चुनावी तालमेल हुने कुरा निश्चित भएको बताउँदै भरतपुरमा दाबी कायमै रहेको बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले तत्काल गठबन्धनको बैठक बसेर उम्मेदवार मापदण्ड तय गर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्ड विभिन्न उद्घाटन र शिलान्यासका कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्