Main News

कोरोना नियन्त्रणमा सरकार सफल भएको प्रधानमन्त्री देउवाको दाबी

हिमालय टिभी
२०७८ चैत १६ गते १३:१३
कोरोना नियन्त्रणमा सरकार सफल भएको प्रधानमन्त्री देउवाको दाबी

१६ चैत २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरस नियन्त्रण गर्न सरकार सफल भएको बताउनुभएको छ ।

श्रीलंकामा जारी बंगालको सहयोगका प्रयास बिम्स्टेकको पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण नेपाल सफल भएको दाबी गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले दीगो विकास र शान्तिका लागि बिम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिनुभएको छ । प्रधानमन्त्री देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा राख्नुभएको छ ।

उहाँले दीगो विकास लक्ष्यलाई पूरा गर्नुपर्ने धारणा राख्दै भर्खरै मात्र अल्पविकसित देशबाट माथि उठेको देश नेपाललाई यो लक्ष्य महत्वपूर्ण भएको बताउनुभयो ।

भारत, श्रीलंका, बंगलादेश, भुटान, म्यानमार र थाइल्याण्ड सदस्य रहेको बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास, बिमस्टेक सम्मेलन आज शुरू भएको हो ।

श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले अध्यक्षता गरेको शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार र राष्ट्र प्रमुख भर्चुअल रुपमा सहभागी भएका छन् । नेपालको तर्फबाट बिमस्टेक सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बोमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *