Main News

वायु प्रदुषणको असर : आन्तरिक उडान आज पनि प्रभावित

हिमालय टिभी
२०७८ चैत १६ गते ८:४८
वायु प्रदुषणको असर : आन्तरिक उडान आज पनि प्रभावित

१६ चैत २०७८ काठमाडौं । काठमाडौँसहित देशभरका मुख्य सहरी क्षेत्रमा बढेको वायु प्रदुषण तत्काल कम हुने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

तत्काल ठूलो पानी पर्ने वा तीव्रगतिको हावा चल्ने सम्भावना नरहेकाले तत्काल प्रदुषण कम हुने सम्भावना निकै कम रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार आज केही स्थानमा हल्का वर्षा गराउने प्रणाली रहे पनि वायुमण्डलमा जमेर रहेको धूलोका कणहरु पखाल्ने गरी लगातार वा ठूलो वर्षाको सम्भावना भने तत्कालका लागि छैन ।

केही दिनदेखि काठमाडौँ उपत्यकामा प्रदुषण बढ्दा मौसम धुम्म भएको छ । तुँवालोका कारण धुम्मिएको मौसम सफा हुन हल्कादेखि मध्यम वर्षा लगातार हुनुपर्ने वा तीव्रगतिको हावा चल्नुपर्छ ।

प्रदुषण बढेसँगै भिजिबिलिटी कम हुँदा आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *