Main News

अनावश्यक भ्यू टावर बनाउन होडबाजी किन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १५ गते २०:५४
अनावश्यक भ्यू टावर बनाउन होडबाजी किन ? (भिडियो रिपोर्टसहित)

१५ चैत २०७८ काठमाडौं । राज्यले नागरिकको आधारभूत आवश्यकता नै पूरा गर्न सकेको छैन । तीन तहका सरकारहरु शिक्षा, स्वास्थ्य जस्ता विषयमा संवेदनशील हुनै सकेका छैनन् ।

तर विकास निर्माणका नाममा ति सरकारहरुले अनावश्यक भ्यू टावर बनाउन होडबाजी नै गर्ने गरेका छन् । शीर्ष नेताहरु पनि यस्ता भ्यू टावरको आवश्यकता र औचित्य नहेरी उद्घाटन गर्नै व्यस्त छन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकनगर वनवाटिकामा रहेको बहुद्देश्यीय टावर उद्घाटन गर्नुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार रोल्पामा जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँहरुले पूर्वाधार विकासमा धेरै काम गर्ने पनि बताउनुभयो ।

यसरी भाषण गरिरहँदा आजसम्म केही जनसंख्या गास, बास र कपासबाट नै टाढा रहेको र धेरै नागरिक शिक्षा, स्वास्थ्य र रोजगारीको दायरामा नपरेको विषयले उहाँहरुलाई छोएकै छैन । बरू भ्यू टावर बनाउनै होडबाजी देखिन्छ । यस्ता टावर बनाउन करोडौँ बजेट खर्चदाँ नेताहरू खुसी देखिनुहुन्थ्यो । अझै केपी शर्मा ओली त निर्माण कार्य २० प्रतिशत बाँकी छँदै उद्घाटनमा आफ्नो नाम दर्ता गराउन हतारहतार पुग्नुभयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकनगर वनवाटिकामा रहेको बहुद्देश्यीय टावर ११ करोड ३२ लाख र रोल्पाको जनयुद्ध स्मृति भ्यूटावर ६ करोड १० लाख ६५ हजारको लगानीमा निर्माण भएको हो ।

झनै यो भन्दा अगाडि झापामा निर्माण भएको भ्यू टावर त १ अरब ५० करोडको लगानी निर्माण भैरहेको छ । उक्त ‘भ्यू टावर’लाई राष्ट्रिय महत्वको योजनामा पारी बजेट विनियोजन गर्ने र निर्माण सम्पन्न हुनु अघि नै उद्घाटन गर्न ओली पछि पर्नुभएन।

यसरी शीर्ष नेताले भ्यू टावरलाई राष्ट्रिय महत्वको योजना बनाउन जोड दिंदा आधारभूत आवश्यकताबाट बञ्चित नागरिकलाई राज्यको सेवा सुविधाको दायरामा ल्याउन कस्ले भूमिका खेल्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *