राजनीति

स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

हिमालय टिभी
२०७८ चैत १५ गते १८:२५
स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

१५ चैत २०७८ काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा स्थानीय परिस्थिति र आवश्यकताका आधारमा सत्तारूढ दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता प्रकाशशरण महतले त्यसलाई व्यवहारमा उतार्नका लागि केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा संयन्त्र बनाउने र दलको शक्ति अनुसार दलसँग तालमेल गर्ने जानकारी दिनुभयो ।

बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति र प्रवक्ता महतकै संयोजकत्वमा प्रचार समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै यही केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नेगरी संसदीय बोर्ड गठनको प्रस्ताव भएपनि हुन सकेन । बोर्ड र अनुशासन समिति प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको भारत भ्रमणपछि मात्र गठन गर्ने गरी थाँति राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्