Main News

थप ४२ जनामा कोरोना सङ्क्रमण

२०७८ चैत १५ गते १८:१४
थप ४२ जनामा कोरोना सङ्क्रमण

१५ चैत २०७८ काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा पाँच हजार ४७१ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १९८ रहेको छ । पछिल्लो २४ घण्टामा ८६ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार २२८ पुगेको छ । निको हुने दर ९८ दशमलव सात प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार शून्य सङ्क्रमित भएका जिल्लामा सङ्खुवासभा, सोलुखुम्बु, बारा, रामेछाप, दोलखा, मनाङ, मुस्ताङ, पूर्वीरुकुम, हुम्ला र बाजुरा छन् ।

नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत छ । हाल होम आइसोलेशनमा एक हजार १४६, संस्थागत आइसोलेशनमा ५२, आइसियुमा २० र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ५० हजार १५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *