राजनीति

गठबन्धनबारे आज ठोष निर्णय गर्ने कांग्रेसको तयारी

हिमालय टिभी
२०७८ चैत १५ गते १३:२९
गठबन्धनबारे आज ठोष निर्णय गर्ने कांग्रेसको तयारी

१५ चैत २०७८ काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले गठबन्धनबारे आज ठोष निर्णय गर्ने भएको छ ।

कांग्रेसको आज दिउँसो ३ बजे बस्ने केन्द्रीय समितिको बैठकबाट गठबन्धनबारे निर्णय गर्न लागेको हो । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनको भावी रणनीतिबारे आजको केन्द्रीय समिति बैठकबाट निर्णय हुने जानकारी दिनुभयो ।

आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच आवश्यकताको आधारमा तालमेल गर्ने नीति लिने कांग्रेसको तयारी छ । तर गठबन्धन गर्न नहुने तर्कसहित पार्टी महामन्त्री गगन थापासहितका नेताहरु एकल उम्मेदवारीको पक्षमा उभिनुभएको छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने वर्तमान सत्ता गठबन्धनका दलहरुसँग तालमेल गरेर चुनावमा जानुपर्नेमा दृढ देखिनुभएको छ । आजको केन्द्रीय समितिको बैठकले चुनावमा गठबन्धन गर्ने आधिकारिक निर्णय लिने अनुमान गरिएको छ ।

बैठकले आगामी चुनावमा उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानको व्यवस्था छ ।

संसदीय समितिलाई प्रदेश र प्रतिनिधि सभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ । महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्