राजनीति

ओली गणतन्त्रको पक्षमा नरहेको अध्यक्ष नेपालको आरोप

हिमालय टिभी
२०७८ चैत १४ गते १८:४२
ओली गणतन्त्रको पक्षमा नरहेको अध्यक्ष नेपालको आरोप

१४ चैत २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्रको पक्षमा नरहेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा आज आयोजित युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजावादी शक्तिसँग भेटेर ओलीले गणतन्त्र विरोधी योजना बनाउने गरेको बताउनुभयो ।

उहाँले तत्कालिन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरुकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भएपनि आफूले उनीहरुबाट धोका पाएको बताउनुभयो । अध्यक्ष नेपालले तत्कालिन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा निरीह भएर बसेको टिप्पणी गर्नुभयो । उनीहरुलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै उहाँले आफुहरु त्यसैगरी बेइजत नहुनका लागि एमाले छाडेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्