Main News

नागरिकले न्याय क्षेत्रमा परिवर्तन महशुस गर्न सकेनन् : महान्यायाधिवक्ता खाती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १४ गते १३:५८
नागरिकले न्याय क्षेत्रमा परिवर्तन महशुस गर्न सकेनन् : महान्यायाधिवक्ता खाती (भिडियो रिपोर्टसहित)

१४ चैत २०७८ बुटवल । महान्यायाधिवक्ता खम्बबहादुर खातीले नागरिकले न्याय क्षेत्रमा परिवर्तन महशुस गर्न नसकेकको बताउनु भएको छ ।

बुटवलमा उच्च अदालत सरकारी वकिल कार्यालयको नवनिर्मित भवन उद्घाटनमा महान्यायाधिवक्ता खातीले न्याय सवल, सहज र न्यायमा सबैको पहुँच पुर्‍याउनका लागि राज्यले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

सरकारका प्रमुख कानूनी सल्लाहकारसमेत रहेका खातीले अनुसन्धानकर्ता र अभियोजनकर्तासँगै न्यायाधीशले पनि नागरिकले महशुस गर्नेगरी न्याय सम्पादनको काममा ध्यान दिनुपर्ने बताउनुभयो ।

४ तले उच्च सरकारी वकिलको कार्यालय भवन करिब ५ करोड ५९ लाख लागतमा निर्माण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *