Main News
एमाले स्थायी कमिटी बैठक बस्दै
२०७८ चैत १४ गते ७:२९
१४ चैत २०७८ काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित एक होटलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
बैठकले चुनावलक्षित ठोस कार्ययोजना तय गर्ने उहाँले बताउनुभयो । बैठकले स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाउने जनाइएको छ ।
प्रतिक्रिया