समाज

कालिकोटको मान्ममा आँखा जाँच तथा शल्यक्रिया शिविर (भिडियो रिपोर्टसहित)

२०७८ चैत १३ गते १८:३६
कालिकोटको मान्ममा आँखा जाँच तथा शल्यक्रिया शिविर (भिडियो रिपोर्टसहित)

१३ चैत २०७८ मान्म । कालिकोटको मान्ममा तीन दिने आँखा जाँच तथा शल्यक्रिया शिविर शुरु भएको छ । शिविर शुरु भएसँगै मान्मका स्थानीय खुसी भएका छन् ।

कालिकोटको खाँडाचक्र नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा उपचार गर्न आउनेको घुइँचो थामिसक्नुको छैन ।

आँखाको उपचारका लागि धेरै पैसा खर्चिएर मान्मका बासिन्दा अस्पताल जान सक्ने अवस्थामा छैनन् । अस्पताल जानै पर्‍यो भने धरान, विराटनगर, काठमाडौँ जानुपर्ने बाध्यता छ । आफ्नै गाउँठाउँमा आँखा शिविर सञ्चालन भएसँगै स्थानीय आँखा जचाउन पुगेका छन् ।

जिल्ला आँखा उपचार केन्द्र कालिकोट, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, खाँडाचक्र नगरपालिका र हिमालय आँखा अस्पताल घारीपाटन पोखराले निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । दुर्गम गाउँका आँखाका बिरामीको सहजताका लागि शिविरको आयोजना गरिएको हो ।

शिविरमा मोतीबिन्दु, मासु पलाएको लगायत आँखामा देखिएको विभिन्न समस्याको निःशुल्क शल्यक्रिया र उपचार हुनेछ । आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेकालाई यो शिविर सहयोगी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *