राजनीति

दोहोरिन चाहने जनप्रतिनिधिलाई अध्यक्ष तिमिल्सिनाले दिए यस्तो सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १३ गते १५:५४
दोहोरिन चाहने जनप्रतिनिधिलाई अध्यक्ष तिमिल्सिनाले दिए यस्तो सुझाव (भिडियो रिपोर्टसहित)

१३ चैत २०७८ काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरुलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने विचार गर्न आग्रह गर्नुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा–नगर सभा सञ्चालन तथा कानून निर्माण प्रक्रिया सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले सरकारले आम नागरिकको जनजीवनमा परिवर्तन ल्याउन सक्नुपर्ने बताउनुभयो । आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन उनीहरुको जीवनस्तर उकास्नका लागि नेताहरुले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक पार्टीहरुले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन गरेर सो को आधारमा टिकट दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्