राजनीति

माधव नेपालको आरोपः रावण र कंशले गरेका गल्ती ओलीले गर्दैछन् (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १३ गते १४:२३
माधव नेपालको आरोपः रावण र कंशले गरेका गल्ती ओलीले गर्दैछन् (भिडियो रिपोर्टसहित)

१३ चैत २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रावणसँग तुलना गर्नुभएको छ ।

काठमाडौंमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकमा अध्यक्ष नेपालले रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको बताउनुभयो ।

उहाँले हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृत्ति देखाइरहेको आरोपसमेत लगाउनुभयो ।

अध्यक्ष नेपालले पछिल्लो समय देशभर नै आफ्नो पार्टीमा कार्यकर्ताहरुको आकर्षण बढिरहेको दाबीसमेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्