Main News
चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दै
२०७८ चैत १३ गते ७:३०

१३ चैत २०७८ काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दै हुनुहुन्छ ।
बिहान १० बजे विदेशमन्त्री वाङले राष्ट्रपति भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। यसअघि हिजै वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो ।
वाङले आजै पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम छ।
अन्तिममा प्रचण्डसँगको भेटपछि तीन दिने भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ दिउँसो बेइजिङका फर्कने कार्यतालिका छ।
प्रतिक्रिया