समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : सम्पन्न अघि नै हस्तान्तरण (भिडियो रिपोर्टसहित)

२०७८ चैत १२ गते २०:१३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : सम्पन्न अघि नै हस्तान्तरण (भिडियो रिपोर्टसहित)

१२ चैत २०७८ काठमाडौं । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गर्ने तयारी भईरहँदा विमानस्थल प्रभावित स्थानीय बासिन्दाहरु भने खुसी हुन सकेका छैनन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी हस्तान्तरण गरे पनि विमानस्थल वरपरका स्थानीयमा भने कुनै उत्साह देखिँदैन । खासगरी भलपानीको व्यवस्थापन, फोहोर व्यवस्थापन र मुआब्जाका विषयमा स्थानीयको असन्तुष्टि देखिएको छ ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ९३ प्रतिशत मात्र काम सम्पन्न भएको छ । विमानस्थलको पूर्वमा रहेको रिठ्ठेपानी डाँडाको कटान सुरु भएको छैन । ल्याण्डफिल साइट कहा स्थान्तरण गर्ने हो त्यसको पनि कुनै अत्तोपत्तौ छैन ।

तर, चिनिया विदेशमन्त्री आएको मौकामा निर्माण कम्पनीले काम नसकिँदै चाबी हस्तान्तरण गर्ने तयारी गरेको छ । त्यतिमात्र हैन निर्माणाधीन विमानस्थल वरपरका वासिन्दा सुविधाभन्दा पनि सास्ती हुने हो कि भन्ने चिन्तामा छन् । आफूहरुलाई पर्ने प्रभावका विषयमा निर्माण पक्षले चासो नदिएको स्थानीयको आरोप छ ।

घर छेउमै अन्तराष्टिय विमानस्थल बन्दैछ । तर विमानस्थल नजिकै घर भएकाहरु उत्तरी भेगबाट बगेर आउने भलबाढीले घर नै डुवाउँछ कि भन्ने चिन्तामा छन् ।

चीनको एक्जिम बैंकको ऋण सहयोगमा चिनियाँ कम्पनी सि ए एम सी ले २०७३ सालदेखि विमानस्थल निर्माण सुरु गरेको थियो । यहि जुलाई १० भित्र काम सकेर हस्तान्तरण गर्ने सम्झौता भएपनि कोरोनाका कारण निर्माणमा ढिलाई भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *