समाज
चुनावी आश्वासनको भरमा बाँचेका वादी समुदायको पीडा (भिडियो रिपोर्टसहित)
२०७८ चैत १२ गते १६:३१

१२ चैत २०७८ सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट करिब १० किलोमिटर पर झुप्रा खोलाको किनारमा बादी समुदायको बसोबास छ । १०३ परिवार खोलाको बालुवा तथा ढुङ्गा बेचेर आफ्नो दैनिकी चलाइरहेका छन् ।
२०४४ सालदेखि दैलेख, सल्यान र सुर्खेतका विभिन्न स्थानबाट उनीहरु खोला किनारमा आएर बसेका हुन् । चुनावको समयमा हरेक राजनीतिक दल आधारभूत आवश्यकता पूरा गरिदिने आश्वासन बाँड्न बादी समुदायमा पुग्छन् । तर चुनाव जितेपछि फर्केर हेर्दैनन् ।
प्रतिक्रिया