समाज

तिलोत्तमाले कसरी पायो आइएसओ प्रमाणपत्र ? (भिडियो रिपोर्टसहित)

२०७८ चैत ११ गते २०:४९
तिलोत्तमाले कसरी पायो आइएसओ प्रमाणपत्र ? (भिडियो रिपोर्टसहित)

११ चैत २०७८ बुटवल । कुनै कम्पन्नी वा त्यसको उत्पादनले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण अर्थात आइएसओ प्रमाणपत्र प्राप्त गरेको त सुन्नु भएकै होला । नेपालको एक स्थानीय तहले पनि आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । त्यो स्थानीय तह हो, रुपन्देहीको तिलोत्तमा नगरपालिका । तिलोत्तमाले कसरी आइएसओ प्राप्त गर्‍यो ?

प्लाष्टिकमुक्त, पूर्ण सरसफाई युक्त र बालमैत्री नगरपालिका घोषणा गरेर तिलोत्तमा चर्चामा रह्यो । अहिले यही नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (आइएसओ) को प्रमाण पत्र प्राप्त गरेको छ । यसरी आईएसओ प्रमाणपत्र पाउने नगरपालिका नेपाल कै पहिलो स्थानीय तह बनेको छ ।

अमेरिकाको युनाइटेड एप्लिकेशन फाउण्डेशनले जारी गरेका ४० वटामध्ये ३६ वटा मापदण्ड पूर्ण रुपमा पालना गरेको छ । जसअन्तर्गत सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गरेको, सेवाग्राही तथा कर्मचारी मैत्री कार्यालय बनाएको, प्राथमिक स्वास्थ्य उपचार सेवा दिएको, शान्ति सुरक्षा, पार्किङ, सरसफाइ लगायतका मापदण्ड तिलोत्तमाले पूरा गरेको छ ।

यसरी अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण भएपछि नगरपालिकाले वडा तहसम्म दिने सेवामा थप सुधार हुनुपर्ने स्थानीयको सुझाव छ ।

अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको समय दुई वर्षको हो । दुई वर्षपछि सेवा कमजोर भएमा आइएसओको मान्यता समाप्त हुनेछ । अब नगरपालिकासामू यसलाई कायम राख्ने चुनौति थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *