राजनीति

चुनावी गठबन्धनका विषयमा कांग्रेसमा दुई धार

हिमालय टिभी
२०७८ चैत ११ गते १९:०८
चुनावी गठबन्धनका विषयमा कांग्रेसमा दुई धार

११ चैत २०७८ काठमाडौं । स्थानीय तहको निर्वाचमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ नेपाली कांग्रेसबीच दुई धार देखिएको छ ।

केन्द्रीय कार्यालय सानेपमा आज शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा धारणा राखेका केन्द्रीय सदस्यहरूको मत बाझिएको हो । आजको बैठकमा २० जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि, ६ प्रदेश सभापति र गन्डकी प्रदेशका मुख्यमन्त्रीले धारणा राखेका थिए।

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले केन्द्रीय समितिको बैठकको बारेमा जानकारी गराउँदै गठबन्धनबारे बैठकमा मिश्रित प्रतिक्रिया आएको बताउनुभयो । केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूले केन्द्रबाट गठवन्धनको निर्णय गर्नेभन्दा स्थानीय तहको परिस्थिति र आवश्यकता हेरेर गर्नुपर्ने सुझाव दिएका छन् ।

बैठकमा वागमती, कर्णाली, सुदूरपश्चिम,गण्डकी, मधेस, लुम्बिनी प्रदेश र प्रदेश १ का कांग्रेसका प्रदेश सभापतिले स्थानीय तह निर्वाचनका सम्बन्धमा गठबन्धनका विषयमा एउटै राय व्यक्त गरेका छन् ।

स्थानीय तह निर्वाचनमा गठबनधन लगायतका विषयमा छलफल गर्न बसेको केन्द्रीय समिति बैठकको शुरुमा प्रदेश सभापतिहरुले आ–आफ्नो प्रदेशका अवस्था बारेमा जानकारी गराएका थिए ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनमा जोड दिंदै एक्लै निर्वाचनमा गएर चुनाव जिताउन चुनौति दिनुभयो । बैठक आइतबार विहान ११ बजे सानेपामा पुनः बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्