केपी ओलीमाथि माधव नेपालको यस्तो आरोप (भिडियो रिपोर्टसहित)
११ चैत २०७८ काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाउनु भएको छ ।
अखिल नेपाल महिला संघ समाजवादीले आज काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले ओली दक्षिणपन्थी भएको दावी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग चुनावी तालमेलका लागि ज्ञानेन्द्र कहाँ पुग्ने गरेको बताउनुभयो ।
अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्नेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।
पार्टी स्थापना भएको ६ महिनामै कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको उहाँको दाबी छ ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले सही विचार लिएर अघि बढेकाले जनलहर देखा परेको पनि बताउनुभयो ।
प्रतिक्रिया