कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
११ चैत २०७८ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।
स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे शुरु हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
कांग्रेसले चौथो केन्द्रीय कार्यसमिति बैठकका लागि तीन वटा एजेन्डा तय गरेको छ। बैठकमा स्थानीय तह निर्वाचनको तयारीसँगै निर्वाचन लक्षित ‘‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुने उहाँले जानकारी दिनुभयो ।
यस्तै बैठकले स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि केन्द्रीय संसदीय समिति गठन पनि गर्ने एजेन्डा तय गरिएको छ। मुख्य सचिव पौडेलले विविध शीर्षकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभयो।
केन्द्रीय कार्यसमिति बैठकले तल्लो तहसम्मै चुनावी तालमेलको निर्णय गर्न सक्ने जनाइएको छ । सर्तसहित चुनावी तालमेलका लागि निर्णय नगरिए गठबन्धनमा रहेका दलहरु एमालेसँग पनि मिल्न सक्नेमा कांग्रेस सशंकित छ।
प्रतिक्रिया