Main News
एमाले केन्द्रीय कमिटी बैठकमा आज विभिन्न प्रतिवेदनमाथि छलफल हुने
२०७८ चैत १० गते ७:४६
१० चैत २०७८ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज विभिन्न प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
स्थानीय तह चुनावका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएका थिए ।
पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आज ती प्रतिवेदनमाथि छलफल भइ पारित गरिने जानकारी दिनुभयो ।
बैठकमा चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत ११ कार्यसूचीमा छलफल भइरहेको छ ।
प्रतिक्रिया