Main News

थोरै ज्यालामा आफ्नै काम गर्ने व्यवसायी पनि महंगीको मारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ९ गते २०:२७
थोरै ज्यालामा आफ्नै काम गर्ने व्यवसायी पनि महंगीको मारमा (भिडियो रिपोर्टसहित)

९ चैत २०७८ कञ्चनपुर । थोरै ज्यालामा आफ्नै काम गर्ने व्यवसायी पनि महंगीको मारमा छन् । गरिव र बिपन्न परिवारमा महंगी कै कारण अशिक्षाका कारण सन्तानलाई शिक्षा, स्वास्थ जस्ता आधारभूत आवाश्यक्ता पुरा गर्न समेत कठिन छ ।

उहाँ, भीमदत्त नगरपालिका वडा नम्बर ६ बनगाँउका बिष्णु लुहार । यहि आरन उहाँको दैनिकी र रोजीरोटीको आधार पनि ।

प्रत्येक दिन विहान ७ बजे उहाँ यो झुपडीमा आउँछन् र साँझ ७ बजे फर्कन्छन् । यहाँबाट भएको आम्दानीले मात्र १२ जनाको परिवार धान्न उनलाई मुस्किल छ । झ बढ्दो महंगीले उहाँ र परिवारको जीवन कठिन बनाएको छ ।

२० वर्ष भयो यही आरनमा उनको दैनिकी बित्न थालेको । उहाँको छोरा सन्तोष पनि बुबालाई सहयोग गर्न आरनमा आइपुग्छन् । दुई बाबुछोराले पुरा दिन गरेको मेहनतले स्वास्थ्य शिक्षाको कुरा त परै जाओस् हातमुख जोर्न पनि धौ हुन्छ ।

ठेला चलाएर गुजारा गर्दै आएका मनीराम सार्कीको पनि अवस्था उस्तै छ ।

महंगाईको मार सबैले खेप्दै गर्दा मुख्य पीडामा छन्, गरिव, निमुखा र बिपन्न परिवार।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *