Main News

भरतपुर महाननगरपालिका : अधिकांश योजना कागजमै सीमित (भिडियो रिपोर्टसहित)

२०७८ चैत ८ गते २०:५७
भरतपुर महाननगरपालिका : अधिकांश योजना कागजमै सीमित (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ चितवन । प्रमुख र उपप्रमुख दुवै महिला भएको एक मात्र स्थानीय निकाय, भरतपुर महाननगरपालिका । यहाँ पनि अन्य महानगरमा जस्तै घोषणा पत्रका धेरै योजना योजनामा नै सीमित भए भने केही काम सम्पन्न भए ।

भरतपुर महानगरपालिकाले योजनामा राखेका मुख्य ९ वटा काम पुरा हुन सकेको छैन । वडा नम्बर ३ स्थित नगरवनको सानो मजुवामा अटोल्याण्ड निर्माणका लागि तयार भई वातावरणीय प्रभाव मूल्याङ्कनको चरणमा पुग्दै छ ।

नारायणी नदी किनारलाई सि बिच मोडेलमा विकास गरिने भनिए पनि १ किलोमिटर वाकिङ्ग ट्रेल भनेर टायल विछ्याउने काम मात्रै भएको छ ।

भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको काम छलफलमा नै सिमित छ। यहि नगरपालिकामा धुर्मुस सुन्तलीले निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ। वडा नम्बर १५ मा स्थापना गर्ने भनिएको १०० शैयाको आयुर्वेद अस्पताल र शिक्षकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिन लागेको देशकै पहिलो ३०० शैयाको शिक्षक अस्पताल घोषणा पत्रमा नै सिमित रह्यो ।

फोहोर मैलाको दिगो एवं वैज्ञानिक व्यवस्थापनका लागि कोरियन सरकारसंग सम्झौता गरे पनि अहिलेसम्म काम अगाडी बढ्न सकेको छैन।

नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा उज्यालो भरतपुर कार्यक्रम सुरु गरियो । तर, स्मार्ट सडक बत्ती योजना, भूमिगत विद्युत् लाइन विस्तारको कार्य चुस्त गतीमा अघि बढ्न सकेको छैन ।

यो कार्यकालमा भरतपुर महानगरपालिकाले केही काम भने सम्पन्न गरेको छ । महानगरभित्रका अधिकांश सडक कालोपत्रे भएका छन् । पाँच बर्षमा ६१० किलोमिटर सडक कालोपत्रे भयो भने पुराना र केही नयाँ सडकको विस्तारले प्राथमिकता पायो ।

सम्पन्न हुन बाँकी नै रहेपनि सिटि हल, भरतपुरको मुख्य क्षेत्रमा गोन्द्राङ पुल्चोक सडक विस्तार, अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्णाधिन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *