राजनीति

निर्वाचन नजिकिएसँगै घोषणापत्रको तयारीमा दलहरु ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ८ गते २०:४०
निर्वाचन नजिकिएसँगै घोषणापत्रको तयारीमा दलहरु ? (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अहिले राजनीतिक दलहरु घोषणापत्रको तयारीमा जुटेका छन् । चुनाव आउँदा घोषणापत्र नामको कागजी प्रतिवद्धता फ्याँकिदिने तर कार्यान्वयन गर्ने तहमा पुग्दा भने माखो नमार्ने दलीय प्रवृत्ति नै बन्न थालेको छ ।

देश संघीयतामा गएपछि बनेको स्थानीय तहको कार्यकाल सकिनै लाग्दा दलहरु घोषणापत्र बनाउने तयारीमा छन् । पाँच वर्षअघि आफूले गरेका प्रतिवद्धताअनुसार काम गर्न असफल राजनीतिक दलहरू मतदातालाई आकर्षित गर्न घोषणापत्र तयारीमा जुटेका छन् । तर, उनीहरुले अघिल्लो निर्वाचनमा गरेका थुप्रै प्रतिवद्धताहरु अपूरै छन् । तर, दलका नेताहरू सकेसम्म काम गरेको दाबी गर्छन् ।

सकेसम्म काम गरेको दाबी गर्ने नेताहरूले नसक्ने काम गर्छु भन्दै किन सपना देखाउँछन रु कांग्रेस, एमाले, माओवादी केन्द्र जस्ता प्रमुख दलबाट जनप्रतिनिधि बनेकाहरूले रेलदेखि स्मार्ट सीटीसम्मका गफ दिए ।

अघिल्लो निर्वाचनमा एमालेले मोनोरेल सञ्चालनदेखि स्मार्ट सिटीसम्मको विषयलाई प्राथमिकतामा राखेको थियो । तर, ती थुप्रै विषय अपूरै छन् । त्यस्तै, कांग्रेस र माओवादी केन्द्रले अघि सारेका योजनाहरु पनि घोषणापत्रमै सीमित बने । तर उनीहरू काम नभएको प्रश्नमा जवाफ नै दिन चाहदैनन ।

माओवादी केन्द्र घोषणा पत्रमा भनिएजति सबै काम गर्न नसकेको पनि स्वीकार गरेपनि आफुले जितेका स्थानीय तहमा अन्यत्रका तुलनामा राम्रो काम गर्न सकेको दाबी गर्न पछि पर्दैन ।

एमालेले केन्द्रीय कमिटीको बैठकबाट टिम बनाएर घोषणा पत्र तयार पार्ने भएको छ भने माओवादीको केन्द्रीय कार्यालय पनि घोषणापत्र तयारीमा जुटिसकेको छ । कांग्रेसले स्थानीय तहहरूलाई आवश्यकता, समस्या र सम्भावना पहिचान गरेर घोषणा पत्र जारी गर्न सर्कुलर जारी गरिसकेको छ ।

घोषणापत्रको तयारीमा रहेका मुख्य राजनीतिक दलहरुले यसपटक पनि स्थानीय विकास निर्माणका मुद्दालाई नै प्राथमिकतामा राख्न खोजेका छन । हरेक निर्वाचन अघि यसैगरि दलहरुले घोषणापत्र जारी गर्दै आएका छन् ।

निर्वाचन आयोगलाइ एकप्रति बुझाउनु बाहेक पुनः आफ्नो प्रतिवद्धता सम्झिने फुर्सत हुँदैन, उनीहरूलाइ । सकेको त गरियो नि भन्ने हास्यास्पद जवाफ दिन तयार नेताहरू सम्भव नै नहुने सपना किन देखाउँछन त ? अब घरदैलोमा आउनेलाइ हरेक मतदाताले सोध्नै पर्छ, देखाइएको सपना कहिले पूरा हुन्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्