मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वनयन नगर्न आदेश
८ चैत २०७८ काठमाडौं । सर्वोच्च अदालतले स्थानीय निर्वाचनमा मनोनयन दर्ताअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आचारसंहिताको प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताविरुद्ध हिजो दर्ता गरेको रिटमा आज अदालतले आदेश दिएको हो । निर्वाचन आयोगले तयार गरेको आचारसंहितामा पुनः उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखिएको छ ।
रिट निवेदनमा जनप्रतिनिधिले निर्वाचन अगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने भएकाले प्रवधान हटाउन अन्तरिम आदेश माग गरिएको थियो ।
सर्वोच्चले चैत १३ गते मुद्दामा छलफलका लागि उपस्थित हुन दुवैपक्षलाई आदेश गरेको छ ।
प्रतिक्रिया