Main News
ग्रामीण क्षेत्रमा पनि स्वस्थ पानीको व्यवस्था गर्न नसकिएको प्रधानमन्त्रीको स्वीकारोक्ति (भिडियो रिपोर्टसहित)
२०७८ चैत ७ गते १८:०६
![ग्रामीण क्षेत्रमा पनि स्वस्थ पानीको व्यवस्था गर्न नसकिएको प्रधानमन्त्रीको स्वीकारोक्ति (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2022/03/deuwa-1.jpg)
७ चैत २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी क्षेत्रमा मात्र नभइ विभिन्न ग्रामीण क्षेत्रमा पनि स्वस्थ पानीको जोहो गर्न नसकिएको स्वीकार गर्नुभएको छ ।
आङ्ना मौवा पाँचथर खानेपानी आयोजना उद्घाटनमा प्रधानमन्त्री देउवाले स्वस्थ खानेपानीका लागि साना तथा मझौला खानेपानी योजनाहरु बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले चालु १५ औँ आयोजनाको अन्त्यसम्मा ९९ प्रतिशतलाई स्वस्थ खानेपानी पुग्ने दाबी गर्नुभयो ।
प्रधानमन्त्री देउवाले देशका विभिन्न स्थानमा डिपिआर सम्पन्न भै सकेका परियोजनाहरुकोलाई तत्काल सुरु गर्ने आश्वासन दिनुभयो ।
यो खानेपानी आयोजनाबाट ८ हजार जनता लाभान्वित हुनेछन् ।
प्रतिक्रिया