Main News

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आगामी शुक्रबार नेपाल आउने

हिमालय टिभी
२०७८ चैत ७ गते १५:१०
चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आगामी शुक्रबार नेपाल आउने

७ चैत २०७८ काठमाडौं । चिनिया विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि शुक्रबार काठमाडौं आउने निश्चित भएको छ ।

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा हुन लागेको वाङको नेपाल भ्रमणका क्रममा सीमापार रेल लगायत समझदारी पत्रमा हस्ताक्षर गर्ने र वीआरआई कार्यान्वयनका बारेमा छलफल गर्ने गृहकार्य गरिएको छ ।

परराष्ट्र मन्त्रालयले भ्रमणका एजेण्डाबारे अर्थ, गृह, वाणिज्य, उर्जा, भौतिक योजना तथा यातायात, स्वास्थ्य, पर्यटन लगायतका मन्त्रालयहरुसँग छलफल गरिसकेको छ । भेटवार्तामा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वनयका विषयमा पनि छलफल हुने भएको छ ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग वाङले शिष्टाचार भेटवार्ता गर्ने कार्यसूची रहेको छ । त्यस्तै शनिबार नेपालका तर्फबाट परराष्ट्रमन्त्री खड्काको नेतृत्व र चीनका तर्फबाट विदेशमन्त्री वाङको टोलीबीच द्विपक्षीय हितबारे छलफल गर्ने कार्यतालिका छ ।

द्विपक्षीय छलफलपछि वाङको टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेटवार्ता गर्ने तयारी छ ।

यस्तै वाङले चिनियाँ सहयोगमा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्नेगरी कुटनीतिक छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *