Main News

आज पहाडी भेगका थोरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

हिमालय टिभी
२०७८ चैत ६ गते ९:१३
आज पहाडी भेगका थोरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

६ चैत २०७८ काठमाडौं । आज देशका पहाडी भेगको थोरै ठाउँमा वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले पहाडी भूभागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुनेछ ।

यसले पहाडी र हिमाली भेगमा केहीदिनदेखि बढेको गर्मी थोरै घट्नेछ । तर तराईमा भने पानी पार्ने सम्भावना नरहेकाले तत्काल गर्मी हट्ने सम्भावना कम रहेको उहाँले बताउनुभयो ।

यस्तै राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा सामान्यतया मौसम सफा रहने छ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीको भनाइ छ ।

उहाँका अनुसार दिउँसो र राति पानी पार्ने प्रणाली रातिदेखि नै कमजोर हुँदै जाने भएकाले भोलि र पर्सि पनि दिउँसो पहाडी भेगको एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ । मौसम सफा भएसँगै गर्मी बढ्ने भएका सचेत हुन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *