Main News

१० जिल्लामा फैलियो बर्डफ्लूको सङ्क्रमण, सतर्कता अपनाउन सुझाव

हिमालय टिभी
२०७८ चैत ६ गते ९:०७
१० जिल्लामा फैलियो बर्डफ्लूको सङ्क्रमण, सतर्कता अपनाउन सुझाव

६ चैत २०७८ काठमाडौं । नेपालका विभिन्न १० जिल्लामा बर्ड फ्लूको सङ्क्रमण फैलिएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, कास्की र पर्सामा बर्ड फ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार काठमाडौंको तारकेश्वर र कागेश्वरी मनोहरा तथा भक्तपुरको सूर्यविनायकमा यसअघि देखिएको सङ्क्रमण नियन्त्रण गरे पनि फेरि देखिएको छ ।

अरु जिल्लाबाट पनि परीक्षणका लागि नमूना प्राप्त भएको तर त्यसको नतिजा आइनसकेको विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसारसङ्क्रमण फैलिएका ती जिल्लाका ६५ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।

त्यस्तै १५ हजार किलो दाना र २५ हजार ओटा अण्डा नस्ट गरिएको छ । छिटो फैलने भएकाले र मानिसमा समेत सर्ने रोग भएकाले सतर्कता अपनाउन पशु सेवा विभागले आग्रह गरेको छ ।

साथै पक्षी पालेको ठाउँमा नियमित सरसफाइ गरी निःसङ्क्रमण गर्न, घरपालुवा पक्षीलाई खुला नछोड्न, जङ्गली तथा अन्य चराको सम्पर्कमा आउन नदिन, मरेका पक्षीलाई गहिरो खाल्डो खनेर पुर्न विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *