Main News

कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाको पीसीआर अनिवार्य नगर्न आग्रह

हिमालय टिभी
२०७८ फागुन २८ गते ७:११
कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाको पीसीआर अनिवार्य नगर्न आग्रह

२८ फागुन २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिलाई अनिवार्य पीसीआर नगराउन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन अनुरोध गर्नुभएको हो ।

अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ सङ्क्रमणको कुनै लक्षण नदेखिएका र पूर्ण खोप लगाएकालाई पीसीआर टेस्ट गर्नु पर्ने छैन ।

यसअघि अस्पताल भर्ना हुँदा र अपरेशन लगायतका उपचार गर्नुपर्दा पीसीआर अनिवार्य चाहिन्थ्यो । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर घट्दै जान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *