Main News

स्थानीय तह निर्वाचन र खर्चको सीमाबारे दलका प्रतिनिधि निर्वाचन आयोगबीच छलफल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २७ गते १६:३८
स्थानीय तह निर्वाचन र खर्चको सीमाबारे दलका प्रतिनिधि निर्वाचन आयोगबीच छलफल (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७८ काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीका लागि राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

आयोगले निर्वाचन आचारसंहितासहित साइबर सुरक्षा र खर्चका विषयमा छलफल गरेको हो । छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले आ–आफ्नो सुझाव दिएका थिए । दलहरुसँगको छलफल पछि आयोगले निर्वाचनको तयारी तीव्र पारिएको जानकारी दिएको छ ।

आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा ठूला राजनीतिक दलका प्रतिनिधिहरुले खर्चको सीमा बढाउन सुझाव दिए भने साना दलहरुले सीमा घटाउन आग्रह गरेका थिए ।

त्यस्तै हरियो रंगको मतपत्रबारे पनि सामान्य छलफल भएको थियो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीमा रहेको आयोगले जनप्रतिनिधि रहेका दललाई छलफलका लागि बोलाएको थियो । आयोगले निर्वाचन तयारीमा हालसम्मको कार्यप्रगतिबारे दलहरुलाई जानकारी गरायो ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । ७९ दलले मात्र निर्वाचनमा भाग लिन पाउनेछन् । ऋषि कट्टेल नेतृत्वको नेकपामा विवाद रहेकाले आयोगले यो दललाई भाग लिन नदिने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *