Main News

देउडामार्फत बाल विवाह, बहुविवाह र घरेलु हिंसा अन्त्यको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २४ गते २०:१९
देउडामार्फत बाल विवाह, बहुविवाह र घरेलु हिंसा अन्त्यको माग (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७८ हुम्ला । हुम्लाका सिमकोट गाउँपालिकाका महिलाले देउडा गीतमार्फत नारी दिवस मनाए । देउडा भाकामा उनीहरुले परम्परागत पहिरनमा सजिएर बाल विवाह, बहुविवाह, घरेलु हिंसाको अन्त्यको माग गुन्जाए ।

सिमकोट गाउँपालिकाका महिलाले पनि आज नारी दिवस मनाएका छन् । नारी दिवसको अवसरमा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा देउडा भाकामा आफ्नो अधिकारका कुरा राखे ।

ग्रामीण भेगमा बेलाबखत हुने सचेतना कार्यक्रमले छोरी, बुहारीलाई शिक्षा, स्वास्थ्यमा पहुँच साथै रोजगारी गर्नेसम्ममा उतप्रेरित गरेका छन्। तर हुम्लाकै धेरैजस्तो गाउँका महिलालाई अन्यायमा परे कहाँ जानुपर्छ भन्ने थाहा छैन ।

नारी दिवसमा उनीहरुले देउडा गीतमार्फत बाल विवाह, बहुविवाह र घरेलु हिंसा अन्त्यको माग गरे । कतिपय महिलालाई भने नारी दिवस के हो ? किन मनाइन्छ भन्नेबारे थाहा छैन । एकातिर अशिक्षा र अर्कोतिर गाउँ समाजको डरले हुम्लाका महिला पीडामा परेपनि खुलेर बोल्न सक्दैनन् ।

हुम्ला जस्ता विकट जिल्लाहरुमा वर्षमा एक दिन आउने यस्ता दिवसहरुले महिलालाई थोरै भए पनि उत्प्रेरित गर्ने गरेका छन् । तर वर्षभरि उनीहरुले वेहोर्नुपर्ने सास्तीमा भने कसैको चासो छैन र परिवारको साथ देखिँदैन ।

विकट क्षेत्रका महिलाका लागि राज्यले आम रुपान्तरण हुनेगरी कार्यक्रम नल्याए दिवसहरु एक दिनको रमझम र औपचारिकतामै सीमित हुने देखिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *