Main News
लुम्बिनी प्रदेशमा हिमालय टेलिभिजनको सम्वाददाता प्रशिक्षण कार्यक्रम (भिडियो रिपोर्टसहित)
२०७८ फागुन २४ गते १४:४५
२४ फागुन २०७८ बुटवल । हिमालय टेलिभिजनको लुम्बिनी प्रदेशका संवाददाताहरुको प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।
प्रदेश कार्यालय बुटवलमा जिल्लाका संवाददाताहरुको प्रशिक्षणमा समाचार प्रमुख राजेन्द्र बानियाँले पत्रकारिताको सैद्धान्तिक र व्यावहारिक पक्षबारे अवगत गराउनुभएको थियो ।
समाचार प्रमुख बानियाँले ७५३ स्थानीय तहलाई समेट्ने गरी हिमालय टेलिभिजनले समाचार सम्प्रेषण गरिरहेको बताउँदै ७ प्रदेशमा ब्यूरो र प्रदेश कार्यालयलाई चलायमान बनाइने बताउनुभयो ।
उहाँले हरेक गाउँ ठाउँका घटनाहरु हिमालय टेलिभिजनमा समेटिने जानकारी दिनुभयो ।
हिमालय टेलिभिजनले सातै प्रदेशमा ब्यूरो कार्यालय र मुख्य सहरमा उपब्यूरो कार्यालय स्थापना गरिरहेको छ ।
प्रतिक्रिया