Main News
एमाले अब संसद अवरोध नगरी संसदीय प्रक्रियामा सहभागी हुन्छ : मन्त्री बडु (भिडियो रिपोर्टसहित)
२०७८ फागुन २२ गते १९:०३
२२ फागुन २०७८ काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब संसद अवरोध नगर्ने गरी संसदीय प्रक्रियामा सहभागी हुने दाबी गर्नुभएको छ ।
महाअभियोग सिफारिस समितिमा नेकपा एमालेले चार जनाको नाम दिएर सहभागिता जनाएको र सरकारले पनि प्रतिपक्षी दलसँग संवाद अगाडी बढाएकाले आगामी बैठक अवरोध नहुने बताउनुभयो ।
कानूनमन्त्री बडूले फागुन २९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध हटाउने गरी सरकारले संवाद गरिरहेको समेत बताउनुभयो ।
प्रतिक्रिया