Main News

के तपाईंको मुटुको चाल त ठीक छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २२ गते १७:०१
के तपाईंको मुटुको चाल त ठीक छ ? (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७८ काठमाडौं । नेपालमा मुटु रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अस्वस्थकर खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटुरोगीको संख्या बढिरहेको हो । मुटुरोगबाट बच्न जीवनशैली सुधार्न चिकित्सकको सुझाव छ ।

मुटु रोग र हृदयघात मानिसको मृत्युको पहिलो कारण बन्ने गरेको छ । मानसिक तनाव, धुम्रपान गर्नु, व्ययाम र श्रम नगर्नु र मोटोपना मुटुरोगका मुख्य कारण हुन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका ७ प्रतिशतको मृत्यु हृदयघातबाट हुने गरेको तथ्याङ्क छ। यो तथ्याङ्कलाई मान्ने हो भने हृदयघात भए पछि ३० प्रतिशत मानिस घर फर्किएर जाँदैनन् । हृदयघातका लक्षण के हुन र कसरी थाहा पाउने त ?

त्यसैले अस्वभाविक रुपमा मुटुको चाल घटबढ भएको महसुश हुने बित्तिकै परीक्षण गराउन मुटुरोग विशेषज्ञको आग्रह छ ।

खासगरी शरीरको तौल, सुगर, कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा नराख्दा जुनसुकै उमेरका मानिसमा पनि मुटुरोगको अत्यधिक सम्भावना हुन्छ ।

दैनिकी र जीवनशैली परिवर्तन गर्न सके मात्रै पनि मुटुरोग लाग्नबाट बच्न सकिने विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *