Main News

कोभिडको जोखिम कायमै, स्वास्थ्य मापदण्ड पालना गर्न सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २२ गते १६:५३
कोभिडको जोखिम कायमै, स्वास्थ्य मापदण्ड पालना गर्न सुझाव (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७८ काठमाडौं । सरकारले कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशमा पछिल्ला हप्ता संक्रमण दर, अस्पताल भर्ना दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आए पनि संक्रमणको जोखिम नटरेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि विगतमा गरिएजस्तै कडा रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

सहप्रवक्ता अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट आएको खण्डमा पनि खोप र जनस्वास्थ्यको मापदण्डले नै जोखिम कम गर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले संक्रमण दर घटेसँगै मन्त्रालयले गर्ने सबै प्रकारका स्वास्थ्यसँग सम्बन्धित कामहरु पूर्ण रुपमा सुचारु भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *